माघ ३० । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन्। मेलबर्नमा शुक्रबार भएको खेलमा रुसी खेलाडी अनास्टासिया पोटापोभालाई पराजित गर्दै सेरेनाले चौंथो चरणमा स्थान बनाएकी हुन्।
दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले पोटापोभामाथि ७-६ ९७-५० र ६-२ को सेटमा जित निकालिन। यससँगै सेरेनाले अष्ट्रेलियन ओपनमा आफ्नो ९० औं जित दर्ता गरेकी छिन्। ३९ वर्षीय सेरेनाले ७ पटक अष्ट्रेलियन ओपन जितेकी छिन्।
अब सेरेनाले चौंथो चरणमा आर्यना सेबालेन्कासँग खेल्ने छिन्। यस्तै स्पेनकी गार्बिन मुगुरुजाले पनि चौंथो चरणमा स्थान बनाएकी छिन्। १४ औं वरियताकी गार्बिनलेकाजकिस्तानकी जरिना डियासलाई ६-१ र ६-१ को सेटमा पराजित गरिन्। एजेन्सी
Facebook Comments


























