काठमाडौं, माघ २९ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने भएका छन्। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीहरूको बहस सकिएको छ।
कानुन व्यवसायीहरूको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरूले जवाफ दिने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जानकारी दिएका हुन्। बिहीबार प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राख्दै प्रधानन्यायाधीश राणाले त्यस्तो जानकारी गराएका हुन्। वैधानिक इजलासमा आज प्रधानमन्त्री ओलीतर्फका १० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए।
Facebook Comments


























