काठमाडौं, माघ २९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको अधिनायकवादी चरित्र उदांगो भएको बताएका हुन्।
उनले ट्वीटरमा लेखेका छन्– ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’
उनले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गरेका छन्। बिहीबार प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ।
Facebook Comments


























