काठमाडौं, माघ १९ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक सरेको छ। आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए।
बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन्। प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ। संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ। बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ।
Facebook Comments


























