काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता गरेका छन्। राजदुत बेरीले प्रचण्डसँगको भेटमा अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा कार्यकाल शुरु गरेका जो बाइडेन प्रशासनका प्राथमिकताका बारेमा जानकारी गराएका थिए।
भेटमा राजदुत बेरीले नेपालको लोकतन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसम्बन्धि कार्यक्रममा सहयोग गर्न तथा महिला, बालिकाहरुको अधिकारका बारेमा काम गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका थिए। बाइडेन राष्ट्रपति बनेपछि राजदुत बेरीले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका थिए।
Facebook Comments


























