काठमाडौं, माघ १२ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा गत सातादेखि निरन्तर बहस भइरहेको छ। रिट निवेदकहरुका तर्फबाट अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरुले बहस गरिरहेका छन्। आज सोमबार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्।
Facebook Comments

























