काठमाडौं, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-१ ले कर्णाली प्रदेशलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनायो। प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै शुभशंकर उराले ३६ रन जोड्दा मिनास थापाले २५ रन बनाए। सर्वन यादव र फिर्दोस अन्सारीले १७/१७ रन जोड्दा राजन मगरले १० रन बनाए। कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए। यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २-२ विकेट लिए।
Facebook Comments


























