बैशाख २० । सोमबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २६५२ अंकमा कायम भएको छ। सेयर बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन। ७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन्। माइक्रोफाइनान्स ६९ अंकले बढ्दा लगानी समूह १ अंकमुनि हरियो रह्यो। बैंकिङ ९, ब्यापार १५, होटल तथा पर्यटन १२, विकास बैंक २२, जलविद्युत ३२, फाइनान्स ९, निर्जीवन बीमा ८०, उत्पादन ६४, अन्य ३२ र जीवन बीमा समूह ९० अंकले घटेका छन्।
यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ। आजको कारोबारपछि विशाल बजारको मूल्य ६१६८ रुपैयाँ पुगेको छ। महिलाको मूल्य प्रतिकित्ता ३७८० रुपैयाँ पुगेको छ। सिंगटी हाइड्रोको मूल्य ४३१ रुपैयाँ पुगेको छ।
त्यस्तै गुमाउनेमा अरुण भ्यालीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य २।६ प्रतिशतले घटेको छ। माउन्टेन इनर्जीको मूल्य २.५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले बढेर प्रतिकित्ता ४८५ रुपैयाँ कायम भएको छ। त्यस्तै पुनर्बीमा कम्पनीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ पुगेको छ।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









