जेठ २७ । सर्बियन स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। पेरिसमा बुधबार राति भएको खेलमा इटालीका माटियो बेरेट्टीनीलाई हराउँदै जोकोभिच अन्तिम चारमा पुगेका हुन्।
शीर्ष वरीयताका जोकोभिचले नवौं वरियताका बेरेट्टीनीलाई ६-३,६-२, ६-७(५-७) र ७-५ ले हराए।
एक पटकको च्याम्पियन जोकोभिचले सेमिफाइनलमा स्पेनिस राफायल नाडालसँग खेल्ने छन्। १३ पटकको च्याम्पियन नाडालले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यानलाई हराएर अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। एजेन्सी
Facebook Comments


























