काठमाडौं, माघ ९ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले बागमती प्रदेशलाई जितका लागि १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको हो। प्रदेश-२ का लागि विवेक यादवले ६६ अर्धशतकीय इनिङ्स खेले।
यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए। सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए। प्रदेश-२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए। उनले मात्र २९ रन खर्चिए। रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए।
Facebook Comments


























