काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रियसभा गृहमा भेला सुरु भएको हो।
भेलालाई प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेकपा विभाजनपछि पत्रकारहरू पनि विभाजन भएका हुन्। नेकपा प्रचण्ड माधव पक्षले मंगलबार राष्ट्रिय भेला गरेको थियो।
Facebook Comments


























