काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक लडाईं लडिरहेको बताएका छन्। बिहीबार प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीलाई सही बाटोबाट अयन्त्र लैजान नदिन राजनीतिक लडाईं लडिरहेको बताएका हुन्।
‘हामी एउटा शान्तिपूर्ण, वैधानिक, लोकतान्त्रिक विधि र बाटोबाट राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सामाजिक न्याय र समतानतका पक्षमा, सामाजिक न्याया र समानतका पक्षमा हामीले लडेर ल्याएको संविधानको रक्षा गर्ने, संधीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, लोकतानित्रक प्रणालीलाई कुबाटोमा लैजान नदिन राजनीतिक लडाईं लडिरहेका छौँ’, उनले भने।
उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य पहिल्याएर अगाडि बढेको बताए।
Facebook Comments


























