काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को भ्याक्सिन सरकारले छिटै ल्याउने बताएका छन्। राष्ट्रियसभामा बैठकमा उनले कसैको पनि नेतृत्वको सरकारभन्दा अहिलेको सरकारको काम कम नभएको दाबी गरे।
“हामी भ्याक्सिन ल्याउने तयारीमा छौं। छिटै ल्याउँछौं र ल्याइसकेपछि कोभिडको ठूलो समस्या रहँदैन। कोभिडको समस्या समाधान हुन्छ,” उनले भने। कोभिड सुरु हुँदा तातोपानीले घाँटी, नाकमुख सफा गर्न सिकाएको पनि उनले बताए।
Facebook Comments


























