काठमाडौं, पुस २६ । साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३७.४८ अंकले बढेको छ। कारोबारको तेस्रो घण्टासम्म आउँदा परिसुचक १.७१ प्रतिशतले बढेको हो। तीन घण्टामा नेप्से परिसुचक २२३१.९६ को बिन्दुमा पुगेको छ। जो हालसम्मै उच्च विन्दू हो।
कारोबारका १२ उपसमुहमा तीन घण्टाको अवधिमा एक उपसमुह भने ओरालो लागेको छ। जीवन बीमा ९.३९ अंकले ओरालो लागेको हो। दुई बजेसम्म कारोबारमा आएका २०६ कम्पनिको १ करोड ४ लाख ७३ हजार ५४६ कित्ता शेयर ४० हजार ६२० पटक खरिद बिक्री हुदाँ ४ अर्ब ५० करोड ७ लाख बराबरको कारोबार भएको छ।
Facebook Comments


























