पुस २१ । न्युजिल्याण्डका कप्तान केन विलियमसनले टेस्ट क्रिकेटमा ७ हजार रन पुरा गरेका छन्। घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको दोस्रो इनिङ्समा १ सय २३ रन जोड्दै विलियमसनले ७ हजार रनको कोशेढुंगा पुरा गरेका हुन्। विलियमसनले १ सय ४४ टेस्ट इनिङ्समा ७ हजार रन पुरा गरेका हुन्। विलियमसन न्युजिल्याण्डका लागि सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने खेलाडी समेत बनेका छन्।
यस्तै उनी यस कोशेढुंगा पार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी समेत हुन्। आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ। पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो। एजेन्सी
Facebook Comments


























