काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन केन्द्रीय कमिटीले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्दैछ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा संगठनले मध्यान्ह १२ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा भेला गर्न लागेको हो। माइतीघर मण्डलामा भेला भई कार्की बैंक्वेट जाने कार्यक्रम रहेको संगठनले जनाएको छ। शनिबार पनि ओलीपक्षीय काठमाडौं नेकपाले पनि कमलादीस्थित प्रज्ञा भवनमा कार्यकर्ता भेला गरेको थियो।
Facebook Comments


























