पुस १९ । पाकिस्तानले भारतको मुम्बई हमलाका योजनाकार जुकी उर रहमान लखवीलाई गिरफ्तार गरेको छ। सन् २००८ मा मुम्बई चरमपन्थी हमला हुँदा १६६ जना मारिएका थिए। यो हमला लश्कर ए तैयबाको योजनामा भएको थियो। लखवी लश्करका कमाण्डर हुन्। पाकिस्तानको आतंक निरोधी विभागले आतंकवादमा लगानी गरेको आरोपमा लखवीलाई गिरफ्तार गरेको जनाएको छ।
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले आतंकवादका क्षेत्रमा भइरहेको लगानीलाई लिएर पाकिस्तानलाई ग्रे लिस्टमा राख्नेरनराख्नेबारे निर्णय लिनुअघि पाकिस्तानले लखवीलाई पक्राउ गरेको हो। एफएटीएफ बैठक केही हप्ताभित्रै आयोजना हुँदैछ। एफएटीएफले विश्वव्यापी मुद्रा अपचलन रोक्न नीति बनाउने गर्छ। एजेन्सी
Facebook Comments


























