लमही, पुस १६ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अहिले वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दै छन्। दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ रोजेको हो। वाग्मतीले सुदूरपश्चिमविरुद्ध केही बेरमा बलिङ थाल्नेछ।
आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छन्। लिगमा समान दुई/दुई खेलेका दुवै टोलीको समान २-२ अंक छ। समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। एपीएफले प्रतियोगितामा दुई खेल खेल्दै ४ अंक जोडेको छ।
आजको खेलमा सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशबीच जित निकाल्ने टोलीले ४ अंक जोड्दै सेमिफाइनलमा स्थान बनाउने छ। प्रतियोगितामा दुवै टोली उपाधि दाबेदारका रुपमा छन्।
Facebook Comments


























