पुस १४ । हार्वे बार्न्सले अन्तिम समयको बराबरी गोलसंगै लेस्टर प्रिमियर लिग फुटबलमा हारबाट जोगिएको छ। सोमबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको खेलमा लेस्टरले उसलाई अंक बाढ्न बाध्य पार्यो। खेल सकिन ७ मिनेटअघि जोनी इभान्सको पासलाई सदुपयोग गर्दै बार्न्सले बराबरी गोल फर्काएका थिए।
खेलमा अग्रता घरेलु टोलीले विल्फर्ड जाहाको गोलमा ५८औँ मिनेटमा लिएको थियो। एन्ड्रोस टाउनसेन्डको पासमा जाहाले क्रिस्टललाई अघि बढाएका थिए।
बराबरीसँगै एक अंक जोडेको लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान २९ अंक भए पनि एभर्टनलाई गोल अन्तरका आधारमा पछि पार्दै लेस्टर दोस्रो स्थानमा छ। क्रिस्टल १९ अंकसहित १३औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























