पुस १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ। आईतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो।
चेल्सीले ओलिभर जिराउडको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो। डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए। बराबरीसँगै दुवै टोलीले समान एक अंक बटुले । समान २६ अंक जोडेको एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा छ। एजेन्सी
Facebook Comments

























