काठमाडौं, पुस १३ । काठमाडौंको बानेश्वरस्थित पठाओको कार्यालयमा राइडरहरूले तोडफोड गरेका छन्। केही समयदेखि कम्पनीविरुद्ध आन्दोलत गर्दै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको हो।
प्रहरीका अनुसार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको र त्यसबारे निर्णय सुनाउन लाग्दा एक समूहले तोडफोड गरेको हो। असन्तुष्ट समूहले राइडरलाई कुनै सेवा सुविधा नदिएको, राइडरको कमिसनमा ठगी गरेको तथा आफूखुसी निर्णयहरु गर्ने गरेको भन्दै आरोप लगाइरहेका छन्। प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा केही युवालाई प्रकाउ गरेको छ।
आन्दोलतरत राइडरले राइडर र यात्रुको अनिवार्य बीमा हुनुपर्ने, राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने, कम्पनीमा आवद्ध राइडरलाई निलम्बन गर्नुपूर्व कम्पनीबाट जानकारी दिनुपर्ने, कस्टमर केयर नम्बर टोल फ्री हुनुपर्ने, बिपिजी सस्पेन्ड हटाउनुपर्ने, स्पेन्ट रेकर्ड राख्नुपर्ने, राइडर र युजर प्यासेन्जर दुवैले राइड क्यान्सिल गर्न मिल्ने लगायतका मागहरु राखेका छन्।


























