पुस १२ । प्रधानमन्त्री कप टि–ट्वान्टी क्रिकेटमा प्रदेश २ ले एपीएफलाई ७३ रनको लक्ष्य दिएको छ। लमही स्थित देउखुरी अन्तराष्ट्रि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनायो। प्रदेश २ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान गरिन्। त्यस्तै सोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन बनाउन सफल भइन्।
त्यस्तै बलिङतर्फ एपीएफका लागि सिता राना मगरले २ विकेट लिन सफल भइन्। त्यस्तै रेखा रावल, करुणा भण्डारी र इश्वरी विष्टले एक–एक विकेट लिए। पहिलो खेलमा कर्णाली प्रदेशविरुद्ध सहज जित निकाल्न सफल एपीएफले दोस्रो खेलमा पनि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ।
यता प्रदेश दुई आजको खेलमा जित निकाल्दै आफूलाई सेमिफाइनल सम्भावनाका लागि बचाइ राख्ने योजनामा छ।


























