काठमाडौं, पुस १२ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३९.९८ अंकले घटेको छ। घटेको बजार १९९८.६५ मा पुगेर रोकिएको हो। २०४७ अंकबाट सुरु भएको बजार १५ मिनेटमै घटेर २०१९ मा पुगेको थियो। त्यसपछि क्रमशः ओरालो लागेको बजार बन्द हुने समयमा १९९८ अंकमा पुगेको हो।
आज २०४ कम्पनीको ७८ लाख ६९ हजार कित्ता खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार सेन्सेटिभ इन्डेक्स ५.३३ अंकले घटेर ३८१.४३ विन्दुमा पुगेको छ। आज सबै सूमहको सूचक ओरालो लागेको छ। बैंकिङ समूह २३, व्यापार ७, होटल ९३, विकास बैंक १०, जलविद्युत् ३०.६९, फाइनान्स ५ अंकले घटेको छ।
त्यस्तै निर्जिवन बिमा २३८।४५, उत्पादन ४३, माइक्रोफाइनान्स ४१.८५, जीवन बिमा ५१९.४८ र म्युचुअल फण्डको सूचक ०.०५ अंकले घटेको छ। आज नारायणी विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन्। बिशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।


























