कञ्चनपुर, पुस १२ । कञ्चनपुरमा नेकपाको केपी ओली समूह र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच झडप भएको छ। पार्टी कार्यालय कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहले बैठक बोलाएपछि उक्त समूहलाई प्रयोग गर्न नदिन पार्टी कार्यालयमा ओली समूहले तालाबन्दी गरेको थियो।
प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता मुख्य गेटको ताल तोडेर भित्र प्रवेश गरेपछि झडपको स्थिति सिर्जना भएको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमर बहादुर थापाले जानकारी दिए। पार्टी कार्यालयमा झडप भएपछि हाल स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।
Facebook Comments


























