काठमाडौं, पुस ६ । संसद् विघटनलगायत पछिल्लो घटनाक्रमहरुबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी बैठक बोलाएको छ। बैठक १ बजे बस्ने भएको छ। बैठकमा संसद् विघटन पश्चातको विकसित घटनाक्रमको समीक्षा हुने बताइएको छ।
जसपा कार्यकारीणी सदस्य मनिष सुमन भन्छन्, ‘पछिल्ला घटनाक्रममाथि छलफल गर्न दिउँसो १ बजे आकस्मिक बैठक बोलाइएको हो।’ प्रधानमन्त्रीले आइतबार संसद् विघटन गरेपछि त्यसलाई लिएर पार्टीको आगामी योजनाबारे छलफल हुनेछ।
Facebook Comments


























