काठमाडौं, पुस ५ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको बताएका छन्।
प्रधानमन्त्री ओली संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि भट्टराईले ओलीको कदम विरुद्ध एक हुन कांग्रे, नेकपा भित्रका लोकतान्त्रिक शक्ति र सबै राजनीतिक दललाई आव्हान गरेका छन्।
‘प्रधानमन्त्रीले चालेको कदम अंवैधानिक छ। त्यसका विरुद्ध एक हुन कांग्रेस, नेकपा भित्रका लोकतान्त्रिक शक्ति र सबै राजनीतिक दललाई आव्हान गर्दछु,’ भट्टराईले भने, ‘नेपालको शासकिय प्रणाली सु धार गर्नुपर्छ भनेर मैले आवज उठाउँदै आएको छु। राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्छ भनेर मैले भन्दै आएको छ। प्रधानमन्त्रीको कदमले त्यो त्रुटी सच्चाउनुपर्छ भन्ने पुष्टि गरेको छ।’
Facebook Comments


























