काठमाडौं, मंसिर ३० । बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकष्मिक बैठक सकिएको छ। आजको बैठकमा उल्लेख्य एजेण्न्डा नभए पनि मन्त्रालयगत नियमित विषय मात्रै छलफल भएको एक मन्त्रीले जानकारी दिए। प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि हिजो ९सोमबार० बैठक नबसेकाले आज (मंगलबार) बसेको हो। आज बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।
कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको थियो।
Facebook Comments


























