काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता कमानसिंह लामा र हाइड्रोपावरको विवादमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक जोडिएको बताएकाछन्। स्थायी कमिटीको आइतबार बसेको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठविरुद्ध अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आह्वान गरेकाहुन्।
बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा श्रेष्ठले मिलाउने भूमिका खेलेको भन्दै भ्रमपूर्ण प्रचारको भ्रममा नपर्न आग्रह गरे। बैठकले केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ। अर्को बैठक पुस १ गते बस्नेछ।
Facebook Comments


























