चितवन, भदौ १२ । जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने भएको छ।
दोस्रो चरणको निषेधाज्ञाको आज अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गर्ने तयारी गरेको हो। कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिदैछ।
Facebook Comments