काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रचण्डलाई भेट्न नेम्वाङ खुमलटार पुगेका हुन्।
प्रचण्डसँगको भेटमा नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा सुनाएका थिए। साथै, पार्टी एकता कायम राख्नेबारे कुराकानी भएको बताए। आज दिउँसो एक बजे स्थायी कमिटी बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन्।
Facebook Comments


























