मंसिर २६ । भिडियो शेयरिङ एप टिकटक सन् २०२० मा विश्वको सबैभन्दा धेरै डाउनलोड गरिएको एप बन्न सफल भएको छ। हालै एनालिटिक्स फर्म एप एनीले मोबाइल एप ट्रेन्डमा २०२० को वार्षिक रिपोर्ट निकालेको छ।
उक्त रिपोर्टको अनुसार टिकटकले फेसबुकलाई ओगटेर पहिलो स्थान लिनमा सक्षम भएको छ। एप एनीको रिपोर्ट अनुसार टिकटकले अर्को वर्ष १ बिलियन मासिक सक्रिय प्रयोगकर्ता पाउने अनुमान गरिएको छ। फेसबुक र फेसबुककै अरु एपले नै दोस्रो, तेस्रो र पाँचौँ स्थान पाउन सफल भएका छन्। दोस्रोमा फेसबुक, तेस्रोमा ह्वाट्सएप, पाँचौँमा इन्स्टाग्रामले स्थान पाएको छ।
जूम भने चौथो सबैभन्दा बढी डाउनलोड हुने एपमा परेको छ। यो डेटा एन्ड्रोइड र आईओएसको मिलाएर तयार पारिएको हो। अरु धेरै डाउनलोड गरिएको एपमा भने मेसेन्जर, गूगल मीट, स्नापच्याट, टेलिग्राम र लाइक पर्ने गर्दछन्।
Facebook Comments


























