काठमाडौं, मंसिर १९ । नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनका पक्षमा नरहेको बताएकी छन्। पार्टी निकट अनेरास्ववियुका विद्यार्थी भेलामा शुक्रबार सम्बोधन गर्दै उनले भनिन्, ‘नेताहरूले हामीले उठाएका अजेन्डामा छलफल नै गर्नु भएन भन्ने छ। अहिलेको अवस्था पार्टी कुनै पनि हालतमा अघि बढ्दैन।’
उनले पार्टी विवाद स्थायी कमिटी र केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘कमिटी प्रणालीमा बहुमत नै सर्वोपरि हुन्छ। दुई अध्यक्ष हुनेछ्न् भन्दा कमिटी चाहिने तर अहिले कमिटीको निर्णय नमान्ने भन्ने हुँदैन।’
उनले आफूहरू रुपान्तरण सहितको एकताका पक्षमा रहेको बताइन्। पार्टी एकता सफल बनाउन अनेरास्ववियुले माहोल बनाउनुपर्ने उनको भनाइ छ। उनले भनिन्, ‘यस्ता कार्यक्रमलाई देशभर अघि बढाएर लैजानुस्।’
Facebook Comments


























