काठमाडौं, मंसिर १९ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले भेला गरेका छन्। शुक्रबार थापाथली क्याम्पसमा विद्यार्थीहरुको भेला भएको हो। नेकपाका दुवै अध्यक्षले लिखित प्रस्तावमै एक अर्काविरुद्ध गुटबन्दी गरेको आरोप लगाइरहेका बेला दाहाल–नेपाल समूह निटक विद्यार्थीहरुको भेला भएको हो।
भेलामा दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्री, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, अनेरास्ववियु सह–संयोजक रञ्जित तामाङलगायतको सहभागिता छ।
Facebook Comments


























