काठमाडौं, मंसिर १९ । नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जानेक्रम बढेको छ। शुक्रबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका छन्। उनले ओलीको सन्देश बोकेर खुमलटार पुगेको प्रचण्डनिकट स्रोतले जानकारी दियो। उनीहरूबीच अहिले संवाद जारी छ।
हिजो (बिहीबार) महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि भेटवार्ता गरेका थिए। कुराकानीका क्रममा प्रचण्डले सहमतिमै अगाडि बढ्ने आश्वासन दिएका थिए। नेकपाको सचिवालय बैठक शनिबार दिउँसो १ बजे तय गरिएको छ। त्योभन्दा अघि ओली पक्षले प्रचण्डलाई मनाउने कोसिस थालेको छ।
Facebook Comments


























