काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा (बादल)को राजीनामा माग गरेको छ। बुधबार तनहुँमा पुल उद्घाटनको विषयमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई धरपकड गरेको घटनाको निन्दा गर्दै महिला संघले गृहमन्त्रीको राजीनामा माग गरेको छ।
‘नेपाल महिला संघ यस निन्दनीय घटनाको घोर भत्र्सना गर्दछ,’ महिला संघकी अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोषीउपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनामासमेत माग गर्दछ।’
Facebook Comments


























