मंसिर १६ । फ्रेन्च रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री हुने भएकी छिन्। च्याम्पियन्स लिग अन्तर्गत बुधबार इटालियन क्लब युभेन्ट्स र डाइनामो किभबीचको खेलमा उनी मुख्य रेफ्री चयन भएकी छिन्। यस खेलसँगै स्टेफनी पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बन्ने छिन्।
३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन्। स्टेफनीले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप खेलाएकी थिइन्।
सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन्। स्टेफनीले सन् २०१९ बाट फ्रेन्च लिग वानमा रेफ्रीको भूमिका निर्वाह गर्दै आईरहेकी छिन्। एजेन्सी
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











