जेठ ४ । बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन्। घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन्।
स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन्। इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुख लागेको समेत बताएका छन्। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ। एजेन्सी
Facebook Comments


























