काठमाण्डौँ, माघ १२ ।
प्रतिनिधिसभाको सभामुख पदमा अग्नि सापकोटा चयन भएका छन्। सभाको अध्यक्षता गरेका महन्त ठाकुरले सभामुखमा सापकोटा निर्विरोध चयन भएको घोषणा गरे।
पूर्वसभामुख तथा नेकपामा नेता सुवासचन्द्र नेम्वाङले सापकोटालाई सभामुख पदमा प्रस्ताव गरेका थिए भने नेकनेताहरु देव गुरुङ, ओनसरी घर्ती र राजपाका नेता लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए।