मंसिर १४ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले एभर्टनलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा लिड्सले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो।
एभर्टनको मैदानमा लिड्सलाई जित दिलाउन राफिन्हाले निर्णायक गोल गरे।लखेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई महत्वपूर्ण जित दिलाएका हुन्। जितसँगै लिड्सले १० खेलमा १४ अंक जोडेको छ। लिड्स तालिका ११ औं स्थानमा समेत उक्लिएको छ। एभर्टन भने १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
अर्को खेलमा वेस्ट ब्रुमले सेफिल्डलाई १-० ले हराएको छ। जितसँगै ६ अंक जोडेको वेस्ट ब्रुम १७ औं स्थानमा उक्लिएको छ। सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























