काठमाडौं, मंसिर १३ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ।
यसअघि १ सय ७० औं स्थानमा थियो। नेपालले ९ सय ६८ अंक हासिल गरेको छ। दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ। यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ। बंगलादेश १ सय ८४ औं स्थानमा छ। भुटान १ सय ८९ औं स्थानमा रहेको छ।
पाकिस्तान २ सय औं स्थानमा रहेको छ। यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्।
Facebook Comments


























