काठमाडौं, असार ८ । आइतबार थप ३ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखका २ सय ६५, सल्यानबाट ३७ नारायणी ११, धादिङ १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।
योसहित नेपालमा हालसम्म जना २ हजार १ सय ४२ उपचारपछि निको भएका छन्।
नेपालमा शनिबारसम्म २३ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments


























