चितवन, मंसिर १३ । विश्वभर ४ करोड २७ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमणमुक्त भएकाछन्। पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८५३ जना संक्रमणमुक्त भएसँगै विश्वभर निको हुनेको संख्या ४ करोड २७ लाख ८३ हजार ७१३ पुगेको हो। यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १९ लाख ७९ हजार ९१९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ लाख १२ हजार ८२५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड १२ लाख नाघेको हो। संक्रमितमध्ये अहिलेसम्म १४ लाख ४८ हजार ९२४ जनाको मृत्यु भएको छ। हाल विश्वभर १ करोड ७७ लाख ४७ हजार १० जना उपचाररत छन्। यसमध्ये १ लाख ५ हजार २२४ जनाको अवस्था गम्भीर रहेको छ।
Facebook Comments


























