मंसिर ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ। आइतबार साँझ भएको खेलमा एभर्टनले फुलहमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। फुलहमको मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक लेविनले दुई गोल गरे। यस्तै आब्डुलाए डोउकोरेले एक गोल गरे। फुलहमका बोब्बी रेइड र रुबेन लोफ्टस चिकले एक एक गोल फर्काए।
जितसँगै एभर्टन ९ खेलमा १६ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ। फुलहम ४ अंक जोडेर १७औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























