मंसिर ८ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो। काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे। खेलको ६६औँ मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन्। काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ।
सोसिडाडले १० खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २० अंक जोडेको छ। काडिज १४ अंक जोडेर छैठौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























