काठमाडौं, कार्तिक २६ । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भनी सर्वोच्च अदालतमा गरिएको रिटविरुद्ध आज सुनुवाइ हुने भएको छ। अधिवक्ता दिनेश त्रिपाठीले सो रिट सर्वोच्चमा दायर गरेका हुन्।
न्यायाधीश तथा अदालतमा कार्यरत् केही कर्मचारीहरुमा कोरोना भएको लगायतका कारण सो रिटमाथिको सुनुवाइ केहि दिनदेखि सरिरहेको थियो।प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो।
Facebook Comments


























