गाेरखा, कात्तिक २५ । काेराेना भाइरस संक्रमणका कारण देश नै आक्रान्त बनिरहेका बेला आफ्ना मतदाताकाे अवस्था बुझ्न गण्डकी प्रदेश सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी आफ्नाे निर्वाचन क्षेत्रमा सक्रिय देखिएका छन्। काेराेना संक्रमणकाे जाेखिमअघि पनि अधिकांश समय मतदानासँगै बिताउने गरेका नेता दवाडी यतिबेला गाेरखाकाे बारपाक सुलिकाेट गाउँपालिकाका विभिन्न गाउँमा पुगेर मतदाताकाे अवस्था बुझेका छन्। काेराेना भाइरसका कारण जनमानस प्रभावित भएकाेले आम जनताकाे पीरमर्का बुझेर समस्या समाधानकाे विकल्प खाेज्ने प्रयास गरिएकाे उनले बताए।

साेमबार बारपाक सुलिकाेट गाउँपालिकाकाे वडा नम्बर २ स्थित मान्द्रेका स्थानीयसँग भेट गरेका नेता दवाडीले मतदाताकाे पीरमर्का बुझ्ने क्रममा १६० जना युवाहरुलाई पार्टी प्रवेश गराएका छन्। बारपाक सुलिकोट-२ को मान्द्रे, दुम्सीका, पोखरी, स्नान, अलगाउँ, थलिडॉंडालगायतका विभिन्न गाउँबाट नेकपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका उनले दाबी गरे। पार्टी प्रवेश गरेका युवाहरुलाई स्वागत गर्दै विकास निर्माणलगायतका कार्यमा सहयोग गर्न र सँगै अघि बढ्न सुझाव दिए।



























