चितवन, कार्तिक २५ । जिल्लामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो। सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन्। रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ।
जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ जना कोरोना संक्रमणमुक्त छन्। त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन्। सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए। कोरोना सङ्क्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ। रासस
Facebook Comments


























