चितवन, कार्तिक २५ । चितवनमा उपचाररत एक संक्रमित वृद्धको मृत्यु भएको छ। नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर-१९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो।
निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो। उनमा २२ गते कोरोना पुष्टि भएको थियो। आइसीयूमा राखेर उपचाररत उनको राति ९ः५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
Facebook Comments


























