कार्तिक २४ । टीसीएल ब्रान्डका विद्युतीय उपकरणको माग पछिल्लो समय नेपालमा पनि बढ्दो छ। अघिल्लो तीन वर्षको तुलनामा टीसीएल एलईडी टीभीको माग ५० प्रतिशतले बढेको कम्पनीले जनाएको छ। नेपालमा टीसीएल ब्रान्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरलगायत उपकरणहरु चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गर्छ।
टीसीएल ब्रान्डले फोरके स्मार्ट टीभी नेपालमा बिक्री सुरु गरेको छ। टीसीएलले नयाँ पी ७१५ र पी ६१५ मध्यम दायराका टेलिभिजनका सिरिजहरु नेपालमा सुरु गरेको छ। यस श्रेणीका सबै मोडेलमा फोके रेसोलुसन स्क्रिन र एन्ड्रोइड टीभीको सफ्टवयेर रहेको जनाइएको छ। यी टेलिभिजनहरु आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित हुने कम्पनीले जनाएको छ।
Facebook Comments


























