कार्तिक २३ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेता लिभरपुल र उपविजेता रहेको सिटीबीचको खेल इतिहाद स्टेडियममा स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। लिभरपुल सिटीको मैदानमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ। लिभरपुल ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
तर, बलियो टिम सिटीविरुद्ध जित निकाल्न लिभरपुललाई सहज भने छैन। सिटी पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। सिटी ६ खेलमा ११ अंक जोडेर १२ औं स्थानमा रहेको छ। लिभरपुलविरुद्ध सिटीका सर्जियो अग्युरो, बेन्जामिन मेन्डी र फेर्नाडिन्हो खेल्ने छैनन्।
ग्राबियल जिससले सुरुवाती सेटमा पर्दै मैदान उत्रने सम्भावना रहेको छ। लिभरपुलका थियागो अलाकान्टराले सिटीसँगको खेल गुमाउने छन्। तर, नेबि केइटा र जोएल माटिपले टिममा पुनरागमन गर्ने छन्। प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले घरेलु मैदानमा उल्भ्ससँग खेल्नेछ।
टोटेनहमले वेस्ट ब्रुमसँग उसैको मैदानमा खेल्नेछ। यस्तै आर्सनलले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्नेछ। एजेन्सी


























